बेमौसमी वर्षाले धानबालीमा ७ अर्बको क्षति, बढी नोक्सान लुम्बिनी प्रदेशमा

काठमाडौं, ५ कात्तिक । पछिल्लो केही दिन यता परेको बेमौसमी वर्षाका कारण देशको विभिन्न स्थानमा साढे ७ अर्ब बढीको धानबालीको क्षति भएको छ ।

कृृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीनवटा प्रदेशमा गरेको प्रारम्भिक अध्ययनअनुसार ७ अर्ब २२ करोड बराबरको धानबालीमा क्षति भएको हो ।

मन्त्रालयको अध्ययन अनुसार प्रदेश १ र सुदुरपश्चिम प्रदेशको तुलनामा लुम्बिनी प्रदेशका जिल्लामा धेरै क्षति भएको छ । बढी क्षति हुनेमा लुम्बिनीको बर्दिया,कपिलबस्तु, बाँके र रुपन्देही रहेका छन् ।

लुम्बिनीमा ४ अर्ब ५१ कारोड बराबारको क्षति भएको छ । लुम्बिनीपछि प्रदेश १ मा १ अर्ब ९१ करोड र सुदूरपश्चिमको ८० करोड बराबरको धानबालीमा वर्षाले बढी क्षति पुर्याएको छ ।

सुदूरपश्चिम कैलाली र कञ्चनपुर रहेका छन् । प्रदेश १ मा झापा, मोरङ र सुनसरी रहेका छन् ।

असोज ३१ देखि लगातार परेको पानीका कारण किसानले भित्र्याउन लागेको धान बालीमा ठूलो क्षति पुगेको हो । कृषि सूचना प्रणाली व्यवस्थित बनाउन नसक्दा धान बालीमा बढी असर पुगेको किसानहरु बताउँछन् ।

मौसम पूर्वानुमानका तथ्यांक कृषकले बुझ्ने भाषा र समयमै पुयाउने व्यवस्था प्रभावकारी नहुँदा क्षति बढी भएको अनुमान गरिएको छ । वर्षाका कारण सातै प्रदेशमा असर पुगेको र सबै प्रदेशबाट तथ्यांक नआई सकेकाले प्रभावित क्षेत्र र क्षतिको विवरण अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here