प्रदेश १ को संसद् बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं, ७ कात्तिक । प्रदेश नम्बर १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले बैठक स्थगित गर्न निवेदन दिएपछि सभामुखले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री भीम आचार्यद्वारा शुक्रबार टेबुल गरिरएकाे विश्वासको मतसम्बन्धी प्रस्तावको छिनोफनोका लागि आज १२ः३० बजेका लागि बैठक बोलाइएको थियो।

‘कात्तिक ७ गते आइतबार दिनको १२ः३० बजे बस्ने गरी कार्यसूची समेत निर्धारण गरी तोकिएकोमा उक्त बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेको मिति परिवर्तन गरी पाउँन लिखित अनुरोध भई आएका कारण प्रदेश सभा निमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति २०७८/०७/०७ का लागि निर्धारण गरिएको कार्य सूची बमोजिम नै हुने गरी मिति २०७८ कात्तिक १५ गते सोमबार दिनको १२ः३० बजे बैठक बस्ने’ संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here