तिहारमा कस्तो पहिरन लगाउने ?

tihar

कात्तिक १३, काठमाडौं । चाडपर्व खाने खेल्ने,घुम्ने तथा परिवार र आफन्तसँग रमाउने समय हो । त्यस्तै चाडपर्वको अर्को विशेषता हो पहिरन । तिज, दशै, तिहार होस या ल्होसार, क्रिसमश, इद सबै चाडमा पहिरनको विशेष भुमिका हुन्छ ।

चाडपर्वमा परम्परागत तथा कल्चरल पहिरन लगाउने चलन पछिल्लो समय निकै चलेको छ । अरु बेलामा कुर्ता सुरुवाल तथा सारी लेहेंगा, दौरा शुरुवाल नलगाउनेहरु पनि दशै तथा तिहारलगायत चाडपर्वमा नेपालीपन झल्किने पहिरन लगाउन थालेका छन् ।

यस्ता पहिरनले चाडपर्वमा थप रोमान्चकता थप्ने बताउँछीन् काठमाडौंकी सविना श्रेष्ठ । साथै प्यान्ट टिसर्ट वा सर्ट्सको तुलनामा लगाउन सहज पनि हुने उनको भनाई छ ।

तिहार नजिकिदै छ । तिहारमा कस्ता कपडा किन्ने भन्ने बारे फेसन डिजाइनर तथा रोजवे नेपालकी सञ्चालक सुरक्षा रेग्मी यस्तो भन्छिन् । Suraksha Regmi

तिहार रङहरुको चाड हो । तिहारमा सप्तरङगी टिका तथा मालाको प्रयोग हुने भएकोले यो समयमा सकेसम्म सादा कपडा लगाउदा तपाईको सुन्दरता खुल्छ ।
विशेष गरी दाजु भाइ र दिदीबहिनीको चाड भएकोले सकेसम्म म्याचिङ ड्रेस अथवा एउटै रङ लगाउदा राम्रो देखिन्छ । त्यस्तै एउटै फेब्रिकबाट कपडा सिलाउन पनी सकिन्छ ।

तिहारमा माला तथा सप्तरङगी टिका हुने भएकोले फिक्का रङका पोसाक उपयुक्त हुन्छ । यदी गाढा रङका कपडा मन पराउनु हुन्छ भने सिङगल कलरको लगाउदा राम्रो हुन्छ । तिहारमा विशेषगरी पुरुषका लागि सादा कुर्ती सेट अथवा कुर्ती र जिन्स लगाउदा स्टायलिस देखिन्छ ।

त्यस्तै चिकेन कडाइ कुर्ती र चुज प्यान्ट पनि लगाउन सकिन्छ । त्यसमा ब्रोकेड हाफ कोट, ढाका प्रिन्ट वा ढाकाको हाफ कोट बाहिबाट लगाउँदा सुन्दरतामा निखारता आउछ । यसमा लोफर सुज लगाउदा उपयुक्त हुन्छ । त्यसो त तपाँईलाई सर्ट प्यान्ट लगाउन मन लाग्छ भने सेतो, नीलो वा फिक्का हरीयो रङ छान्नुहोला ।

त्यसो त नेपाली दौरा सुरुवाल तथा ढाका टोपी तिहारमा सबैभन्दा सुहाउने ड्रेस हो ।

त्यस्तै महिलाहरुका लागी पनि फिक्का रङका अम्व्रेला वेष्ट कट गाउन, कुर्ती, कुर्ता सुरुवाल तथा सारी ब्लाउज लगाउन सकिन्छ । महिलाहरुले तिहारमा विशेषगरी गुलावी, निलो वा कालो रङका पोसाक छान्नु होला ।

त्यस्तै तिहारमा ढाकाबाट बनेका गुन्यो चोली वा सारी व्लाउज पनि राम्रो देखिन्छ ।

चाडवाडमा धेरैले गाढा रङका पहिरन लगाउने गरेको देखिन्छ । यो मौसममा फिक्का र निकै खुल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here