मुक्तिनाथ दर्शन गर्न पुगिन् राष्ट्रपति भण्डारी

तस्वीर स्रोत : गोरखापत्र

१३ कात्तिक, काठमाडौं । नेपालको चर्चित धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सो भेगको भम्रणमा निस्किएकी छिन् । मुस्ताङको पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शनका लागि राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम जोमसोम हुँदै उनी मुक्तिनाथ पुगेकी थिइन । नेपाली सेनाको अत्याधुनिक हेलिकोप्टरमार्फत उनी जोमसोम पुगेकी हुन् ।

बिहान ८ बजेर ५५ मिनेटमा नेपाली सेनाको ब्यारेकमा अवतरण गरेकी राष्ट्रपतिले मुक्तिनाथ मन्दिरमा पूर्जा अर्चना गरेकी छिन् । मुक्तिनाथ हिन्दु र बौद्धमार्गीका लागि निकै पबित्र धाम मानिन्छ । राष्ट्रपतिको भ्रमणले मुक्तिनाथको प्रचार प्रसारमा अझ बढी योगदान पुग्ने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here