इन्धनको मूल्यवृद्धिप्रति वायुसेवा कम्पनीको विरोध

१४ कात्तिक, काठमाडौं । सरकारले बढाएको इन्धनको मूल्यमा वायुसेवा कम्पनीले असहमती जनाएका छन् । नेपाल सरकारले अस्वभाविक रुपमा इन्धनको मूल्य बढाएको उनीहरुको आरोप छ । आइतबार वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीको तर्फबाट जारी विज्ञप्तिमा वायुसेवा सञ्चालकले यस्तो बताएका हुन् ।

आन्तरिक तर्फ नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

सरोकारवालासँग छलफल नै नगरी एकै पटक बढेको अत्यधिक मूल्यका कारण हवाई भाडा बढ्ने र यसले आम यात्रुमा असर पुग्ने भन्दै वायुसेवा सञ्चालकले हवाई इन्धनमा भएको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिप्रति असहमति रहेको बताएका हुन् । वायुसेवा सञ्चालकहरुका अनुसार छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धन महँगो पर्छ ।

बजेट वक्तब्यमार्फत सरकारले आन्तरिक वायुसेवालाई राहत दिने घोषणा गरेको थियो । तर, बढेको हवाई इन्धनले राहत भन्दा बढी सास्ती दिने महासचिव कार्कीको भनाइ छ । इन्धनमा सरोकारवालासँग छलफल नगरी एकै पटक उच्च मूल्यवृद्धि गर्दा त्यसले अत्यधिक भार पर्न गई व्यवसायमै असर पुग्ने कम्पनीहरुको गुनासो छ ।

कोरोना महामारीका कारण तंग्रिदै गरेको व्यवसायलाई राज्यको तर्फबाट संरक्षण आवश्यक रहेको समेत उनीहरुको भनाइ छ । निगमले गत शुक्रबारबाट लागु हुने गरि हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको थियो । यसले हवाई भाडा बढ्ने निश्चित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here