१५ कात्तिक, काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३० सिटको जेट्स्ट्रीम जहाज द्वारा सोमबारबाट सिमरामा उडान थालेको छ । उडानको पहिलो दिननै सिमरामा यात्रु हरुबाट पुर्ण साथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित बनाएको कम्पनीले उल्लेख गरेको छ ।
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान गर्ने क्रममा गुण एयरलाइन्स ले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा नेपालगन्ज र विराटनगर मा भने नियमित उडान शुरु गरीसकेको छ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुर को लागि केही समयमै उडान भर्नेगरि तयारी गरिएको छ।
यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफुहरु पनि उच्च स्तरको सेवा दिदै उडान गरिरहेको थापाले बताए ।