नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

१६ कात्तिक, नेपालगन्ज । नेपालगन्जबाट हुम्लाको सिमीकोट उड्ने क्रममा धावनमार्गमै जहाज र बँदेल ठोक्किएका छन् । घटना मंगलबारको हो । नेपालगन्जबाट १४ जना यात्रु र ९० किलो कार्गोसहित यो जहाज सिमिकोट उड्ने तयारीमा थियो ।

सो क्रममा धावनमार्गमा अचानक आएका बँदेलसँग जहाज ठोक्किएको विमानस्थल कार्यालयले जनाएको छ । घटनापछि जहाजको तल्लो साइडमा ठूलो प्वाल परेको छ ।

विमानस्थल आज बिहानैबाट अवरुद्ध भएको छ । यो विमानस्थल सबैभन्दा व्यस्त आन्तरिक विमानस्थलमध्ये एक हो । यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here