कोप सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन : हिमाली भेगको संवेदनशिलताप्रति चिन्तित छौं

RSS

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलाई गत राती सम्बोधन गरेका छन् । उनले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित भएको भन्दै यो भेगको संवेदनशिलताप्रति चिन्तित रहेको बताएका छन् ।

उनले यसमा विश्व समूदाय कै ध्यानाकर्षण समेत गराए । स्कटल्याण्डको ग्लास्गोमा सोमबार आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) को वल्र्ड लिडर समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।

विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको उनले जानकारी गराए । प्रधानमन्त्री देउवाले विकसित मुलुक पनि संझौता कार्यान्वयनमा उत्तिकै जिम्मेवार हुनुपर्ने उल्लेख गरे । हिमाली क्षेत्रमा पर्ने असरले समुन्द्र नजिकका सबै राष्टलाई प्रभावित पार्ने कुरालाई यस सम्मेलनले गम्भीरताका साथ लिनुपर्ने उनको भनाई छ ।

पेरिस संझौताले निर्दिष्ट गरेको मार्गचित्रअनुसार नेपालले आफ्ना प्रतिबद्धताहरु पुरा गरेको भन्दै उनले नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको जानकारी गराए । नेपालको वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने समेत बताए । आज प्रधानमन्त्री विभिन्न भेटवार्तामा सहभागी हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here