युवतीलाई कुटपिट गर्ने ‘धर्तीमाता’ बालाजुबाट पक्राउ

काठमाडौं, १३ असार । आफुलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी घरभई बुटवल बस्ने ३२ बर्षिय बिष्णु कुँवर नाम गरेकी महिलालाई शुक्रवार विहान प्रहरीले बालाजु बाईपासबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कुँवरले गत असार ५ गते आफूलाई धर्तीमाता बताउँदै काठमाडौंको भद्रकाली मन्दिरमा एक युवतीमाथि कुटपिट गरेकी थिईन् ।

युवती कुटपिट गरेको उक्त भिडियो सामाजिक सञ्जालहरुमा भाईरल भएपछि प्रहरीले यसबारेमा अनुसन्धान थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here