त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निःशुल्क बस चलाइदै

१७ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निशुल्क बस संचालन गरिने भएको छ । यसका लागि आवश्यक तयारी शुरु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सुविधाका लागि यस्तो व्यवस्था गर्न निर्देशन दिएका हुन् । अब गोल्डेन गेटबाट टर्मिनलसम्म र टर्मिनल भवनबाट गेटसम्म आउने बसले निःशुल्क रुपमा यात्रुलाई सेवा दिने छन् । यद्दपी यसको शुरुवातको मिति भने तय भइसकेको छैन ।

विमानस्थलमा पैदल आउने यात्रुले सामान बोकेर माथि उक्लनु पर्ने बाध्यता छ । ट्याक्सीले समेत चर्को मूल्य लिने गर्छन् । सबै यात्रुसँग निजी सवारी नहुने भएकाले यस्तो बस सुविधा दिन लागिएको महानिर्देशक क्षेत्रीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here