आन्तरिक उडानको हवाई भाडा बढ्यो, हेर्नुस कुन गन्तब्यमा कति ?

कात्तिक १८, कात्तिक । हवाई सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । इन्धनको मूल्य वृद्धि भएसँगै भाडा बढाएको वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शूल्कमा अधिकतममा रु ४४० वृद्धि गरिएको जानकारी दिएको छ ।

जसअनुसार अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु ४ सय ४० बढेको छ । यो गन्तव्यमा साविकमा ३ हजार ८ सय रहेको थियो । त्यस्तै छोटो गन्तव्य २ सय ४० कायम भएको छ । काठमाडौँ–सिमरामा सबैभन्दा कम रु ९५ वृद्धि भएको हो । यो गन्तव्यमा साविकमा ७ सय ७० रहेकामा बढेर ८ सय ६५ कायम भएको छ ।

नेपाल आयल निगमले इन्धनको मूल्यमा ११।६ प्रतिशत ९१० रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई इन्धनको मूल्य रु ८६ प्रतिलिटरबाट बढेर रु ९६ प्रतिलिटर पुगेको छ । सोहि अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ ।

त्यसैगरी पर्वतीय उडानमा पनि रु ३ सय ४५ भाडा वृद्धि भएको छ । अब काठमाडौँबाट भद्रपुरमा रु ३ सय, विराटनगरमा २ सय ४०, जनकपुरमा १सय ३०, भरतपुरमा १सय ५, पोखरामा १ सय ५५ र भैरहवामा २सय ५ इन्धन चार्ज बढी तिर्नुपर्नेछ । तुम्लिङटारमा १ सय ८५, राजविराजमा २ सय ५, नेपालगञ्जमा ३ सय ३० बढी भाडा बढी तिर्नुपर्नेछ ।

त्यस्तै पोखरा–भरतपुरमा १सय१०, पोखरा–भैरहवामा १ सय ३०, पोखरा–सिमरामा २२०, पोखरा–नेपालगञ्जमा २ सय ३५, पोखरा–विराटनगरमा ३ सय ५५ र पोखराबाट पर्वतीय उडानमा अब रु ३१५ बढी लाग्ने छ ।

प्राधिकरणले मङ्गलबारदेखि लागू हुने गरी अनुमोदन गरेको र सोहीअनुरुप बढेको इन्धन चार्ज सबै एयरलाइन्सलाई पठाएको जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here