महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट, कतिमा झर्यो ?

काठमाडौं, २३ कात्तिक । । महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

मंगलवारको कारोबार खुलेसँगै ११ बजेर १० मिनेटमा १० प्रतिशत घटेर नेगेटिभ सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको भन्दा प्रतिकित्ता ८८ दशमलव २० रुपैयाँले घटेर अन्तिम मूल्य ७९३ दशमलव ८० रुपैयाँ कायम भएको छ ।

महालक्ष्मीको शेयर मूल्य पछिल्ला ६ कारोबार दिनमै प्रतिकित्ता २०० रुपैयाँभन्दा धेरैले बढेको थियो । कात्तिक १४ गते प्रतिकित्ता ६५० रुपैयाँ हाराहारीमा रहेको बैंकको शेयर २३ गते (६ कारोबार दिनमा) बढेर ८८२ रुपैयाँ पुगेको थियो ।

भाउ बढेको दिनमा बैंकको सेयर बेच्ने थिएनन् भने आज घटेको दिनमा १ कित्ता पनि किन्ने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here