शेयर बजारमा पहिरो, एकघण्टामा ५२ अंकले घट्यो नेप्से

काठमाडौं, २३ कात्तिक । तिहारपछि कारोबार शुरु भएको दोस्रो दिन नेपाली शेयर बजारमा पहिरो गएको छ ।

पहिलो दिन दोहोरो अंकले घटेको नेप्से दोस्रोदिन कारोबारको एकघण्टामा ५२ अंकले घटेको हो ।

बजार खुलेको एकघण्टा १२ बजेसम्म नेप्से ५२.१५ अंकले घटेर २७७७.४९ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २०९ कम्पनीको १ अर्ब ६८ करोड ५५ लाख ९२ हजार ८१० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here