आँधीखोला लघुवित्तकाे चार कराेडकाे आइपीओ आउँदै, असार २२ देखि बिक्री खुल्ला

काठमाडाैं, १३ असार । स्याङ्जाको बयरघारीमा केन्द्रीय कार्यालय रहेको आँघीखोला लघुवित्त वित्तीय संस्थाले चार लाख कित्ता साधारण सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गरी यही असार २२ गतेदेखि साधारण शेयर बिक्री गर्न लागेको उल्लेख गरेको हो । कम्पनीका अनुसार पाँच हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको विवरणमा उल्लेख छ ।

त्यसबाट बाँकी रहेको तीन लाख ७५ हजार कित्ता साधारण शेयर भने सर्वसाधारणलाई बिक्री गरिनेछ ।

कम्पनीका अनुसार शेयर बिक्री छिटोमा यही असार २५ गतेसम्म र ढिलोमा आगामी साउन २० गतेसम्म बिक्री हुनेछ । उक्त लघुवित्तले विभिन्न १९ वटा शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ । संस्थाले पशुपालना, खुद्रा व्यापार साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएको विवरणपत्रमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here