अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोपसम्म जान सकिने

काठमाडौं, २५ कात्तिक । अब नेपाल एयरलाइन्सको टिकट काटेर यूरोप तथा अष्ट्रेलियासम्म जान सकिने भएको छ ।

नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्धिपक्षीय सम्झौता भएपछि उक्त सुविधा थपिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको सक्रियतामा उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार युरोपका विभिन्न शहर, अष्ट्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, वहराइन र कुवेत काठमाडौंबाट उडानको टिकट काटेर यात्रुले उडान गर्न सक्ने छन् ।

निगमको केन्द्रिय कार्यालय तथा ट्राभल एजेन्सीबाट टिकट काट्न सकिने छ । यो सम्झौतासँगै निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने अपेक्षा लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here