हवाई भाडा बढ्यो, कहाँको कति ?

काठमाडौं, २८ कात्तिक । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल चार्ज) वृद्धि गरेका हुन् ।

निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ प्रतिलिटर बढाएको थियो ।

फ्युल चार्ज बढेपछि हवाई सेवा प्रदायकहरुले हवाई भाडा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएका छन् । अब सोही अनुसार यात्रुले हवाई यात्राका क्रममा अधिकतम २२० रुपैयाँसम्म बढी मूल्य तिर्नुपर्छ ।

वायुसेवा संचालक संघले इन्धनको शूल्क न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम १७० रुपैयाँसम्म वृद्धि गरेका छन् ।

माउन्टेन फ्लाइटको फ्युल चार्ज सबैभन्दा धेरै १७० रुपैयाँ बढेको छ । त्यस्तै, काठमाडौं–पोखरा ८० रुपैयाँ, काठमाडौं–भैरहवा १०५, काठमाडौं–विराटनगर १२०, काठमाडौ–भद्रपुर १५०, काठमाडौं–नेपालगञ्ज १६०, काठमाडौं–जनकपुर ६५, काठमाडौं–सिमरा ४५, काठमाडौं–भरतपुर ५५ र काठमाडौं–तुम्लिङटार ९० रुपैयाँ बढेको छ ।

कहाँको कति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here