परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्दछ : प्रम ओली

काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् ।

‘देशको परराष्ट्र नीति व्यक्ति पिच्छे, पार्टी पिच्छे फरक हुनु हुँदैन । नेपालले एउटै विदेश नीति बनाएर अघि बढ्नु पर्दछ,’ परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय संवादको सनिबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ।

नेपालले अब राजनीतिक कुटनीतिमा मात्र हैन आर्थिक कुटनीतिमा पनि ध्यान दिनु पर्ने उनले बताए । उनका अनुसार सरकारको मुख्य उद्धेश्य देशलाई समृद्धिको बाटोेमा तिव्र गतिमा अघि बढाउने भएकाले सम्पूर्ण क्षमता सीप र प्रविधिलाई विकासतर्फ केन्द्रित गर्नु आवश्यक छ ।

प्रधानमन्त्री ओलीले राष्ट्र निर्माण, नेपाल एकिकरण र सार्वभौमसत्ताको रक्षाको लागि विगतमा योगदान गर्ने सबैलाई आफूले स्मरण गर्न चाहेको पनि बताएका छन् । विगतमा भन्दा नेपालको छिमेक सम्बन्ध अहिले सङ्लिएको उल्लेख गरेका छन् ।

‘छिमेक नीतिका सम्बन्धमा हामीले थुप्रै कुरामा पुनरावलोकन गरेका छौं । हाम्रो छिमेक सम्बन्ध सत्य, न्याय र विश्व व्यवस्थामा आधारित हुनुपर्दछ । हामी त्यता तर्फ नै केन्द्रित छौं । हाम्रो मुख्य उद्धेश्य नै ‘सबैसँग मित्रता, छैन कसैसँग सत्रुता’ भन्ने हो,’ उनले भने ।

प्रधानमन्त्री ओलीेले नेपाल केही समय पछि परे पनि अब त्यो स्थिति धेरै दिन कायम नरहने धारणा राखेका छन् । ‘केही कारणले हामी केही समयपछि प¥यौं तर अब त्यो स्थिती रहदैन । तिव्र गतिमा अघि बढ्ने राष्ट्रिय लक्ष्य हामीले तयार गरिसकेका छौं,’ उनले भने ।

साथै, सरकारले गरिबी माथिको प्रहार तिव्र बनाएकाले नेपालमा गरिबी अब लामो समय टिक्न नसक्ने पनि उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here