सर्वाधिक आयकर तिर्ने नेपाल टेलिकम, व्यक्तिगततर्फ सिद्धार्थ राणा

काठमाडौं, १ मंसिर । सरकारले सर्वाधिक कर तिर्ने विभिन्न व्यवसाय र व्यक्तिलाई सरकारले सम्मान गरेको छ ।

बुधबार कर दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा धेरै कर तिर्ने व्यवसाय र व्यक्तिलाई सम्मान गरिएको हो ।

सरकारले हरेक बर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर सर्वाधिक कर तिर्ने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्छ। सम्मान अर्थमन्त्री जनार्दन शर्माले गरेका हुन्।

जसअनुसार सबैभन्दा धेरै आयकर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) छ । निर्यात उद्योगतर्फ शशिरञ्जन डावर नेपालले सर्वाधिक कर बुझाएको छ।

विशेष उद्योगतर्फ एसियन पेन्ट्सका प्रमुख गोपाल श्रेष्ठ सम्मानित भएका छन्। यता व्यक्तिगततर्फ सबैभन्दा बढि कर तिर्नेमा टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका चेयर म्यान सिद्धार्थ राणा सम्मानित भएका छन्।

राणाको सिप्रदी ट्रेडिङ वाहेक सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्ट्स, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी प्रालि, भोटेकोशी पावर कम्पनी, तारा म्यानेजमेन्ट प्रालि, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप, सूर्य नेपाल लगायतका कम्पनीमा लगानी छ।

कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेकले बढि कर बुझाएको भन्दै सम्मानित भएको छ।

सहकारी तर्फ छिमेक लघुवित्त वित्तीय संस्था र बाणिज्य बैँकतर्फ नबिल बैंकले सर्वाधिक कर बुझाएको छ। छिमेकबाट गणेश घिमिरे र नबिल बैंकबाट अनिल शाहले सम्मान ग्रहण गरेका छन्।

सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले सम्मान ग्रहण गरेका छन्।

भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ। कम्पनीका संजय बन्सलले सम्मान लिएका छन्। बीमा कम्पनीका तर्फबाट नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ।

सेवामा नोबेल हस्पिटल सम्मानित भएको छ भने पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) बढी कर तिरेर सम्मानित भएको छ। भाटभटेनी पनि बढि कर तिर्नेमा परेको छ। भाटभटेनीका कल्याण गुरुङले सम्मान ग्रहण गरेका छन्।

हिमाल पावर कम्पनीले पनि सम्मानित भएको छ। कम्पनीबाट उमेश शर्माले सम्मान ग्रहण गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here