नेपाल एयरलाइन्सले थप्यो हुम्लामा उडान, भाडादर कति ?

फाइलफोटो

काठमाडौं, २ मंसिर । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि उडान थप गरेको छ ।

यात्रुको चाप वृद्धि भएकाले हुम्लासहितका विमानस्थलमा उडान सङ्ख्या थप गरेको हो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्नेछ ।

नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने जिल्ला शाखा हुम्लाका प्रमुख बलबहादुर सुनारले बताए।

सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको ६ हजार ९१० रुपैैयाँ छ भने निजीस्तरका तारा र सीता एयरले ६ हजार ३० र समिट एयरले ६ हजार १३० रुपैयाँ लिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here