सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी शून्य !

काठमाडौं, ३ मंसिर । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको मध्ये दुई शीर्षकमा पाइने सहुलियत कर्जाको प्रभावकारी शून्य देखिएको छ ।

युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा यी दुई कर्जामा ५ जनाले मात्र सहुलियत कर्जा लिएका छन् ।

सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा मध्ये चालु आवको असोज मसान्त सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बर बढेपनि शिक्षित युवा स्वरोजगार कर्जा ३ जना र सीटीईभीटी तालिम प्राप्त कर्जामा २ जनाले मात्र लिएका हुन् ।

असोज मसान्तसम्म १ लाख २९ हजार ६८० जनाले सहुलियतपुर्ण कर्जा लिएपनि यी दुईमा भने प्रभावकारिता न्यून देखिएको हो ।

अघिल्लो वर्षको पुस मसान्न सम्ममा यी दुवै कर्जा लिनेको संख्या शून्य नै रहेको थियो । अघिल्लो असार मसान्तसम्ममा सहुलियतपुर्ण कर्जा लिनेको संख्या ३२ हजार ४ सय ४८ पुगेको थियो । त्यो संख्या २०७८को असार मसान्त सम्ममा बढेर १ लाख ४ हजार १०९ पुगेको थियो ।

राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । यसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो । व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम २०७३ मै आएको हो ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here