होचो व्यक्तिको कीर्तिमान राख्न सगरमाथा चढ्दै सागर सुनार

काठमाडौं, ३ मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर हिमाल आरोहण गर्ने विश्वकै पहिलो होचो व्यक्तिको किर्तीमान राख्ने तयारी गरेका सागर सुनारले रामदुङ हिमालको सफल आरोहण गरेका छन् ।

कास्की मादी गाँउपालिकाका सागर सुनार र उर्मिला सुनारले अक्टोबर ३० मा रामदुङ हिमालको सफल आरोहण गरेका हुन् ।

रोल्वालिङ भ्याली स्थित (५९२५ मि) उचाइ भएको रामदुङ हिमाल सफल आरोहण गर्ने सागरको उचाइ ३ फिट ७ इन्चको रहेको छ ।

उनले आउँदो बसन्त ऋतुमा सगरमाथा चढेर हिमाल आरोहण गर्ने विश्वकै पहिलो होचो व्यक्तिको किर्तीमान राख्ने तयारी स्वरुप रामदुङ हिमाल आरोहण गरेको क्लाउड पत्रिकालाई बताए ।

सगरमाथा चर्चित आरोही पेम्बा दोर्जे शेर्पासँग आरोहण गर्नेछन् । पेम्बाले २१ पटक आरोहण गरेर किर्तीमान कायम गरेका छन् । उनले पहिलो पटक सन् २००० मा पहिलो पटक सगरमाथा चढेका थिए ।

कडा परिश्रमको साथ आफ्नो सपना साकार पार्न लागि परेका सुनारले फरक क्षमता हुनेहरुले पनि साहासिक काम गर्नसक्छ भन्ने पुष्टी गर्न सगरमाथा आरोहणको योजना बनाएको बताए ।

‘हिमाल आरोहणको माध्यमबाट देशलाई चिनाउनको साथै आफू जस्तै होचा पुड्का, फरक लक्ष्यको व्यक्तिलाई हौसला प्रदान गर्ने नै आफ्नो महत्वपूर्ण लक्ष्य रहेको उनले क्लाउड पत्रिकासँग भने’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here