पर्यटन प्रवर्धनका लागि रामदेवलाई सद्भावना दूत सरकारको प्रस्ताव

काठमाडौं, ५ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन प्रवर्धनका लागि सद्भावना दूत बन्न प्रस्ताव गरेको छ।

आइतवार मन्त्रालयले आयोजना गरेको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिएका हुन् ।

नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योगगुरुको रामदेवको भूमिका महत्त्वपूर्ण हुने मन्त्री आलेले बताए ।

यसैबीच योगगुरु रामदेव तथा आर्चाय बालकृष्णसँग बोर्डका कार्यकारी प्रमुख डा।धनन्जय रेग्मी बीच भएको भेटवार्तामा नेपालको आध्यात्मिक र योग पर्यटन प्रर्वद्धनलाई अगाडी बढाउने विषयमा छलफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here