अब बुद्ध एयरले दुर्गममा पनि जहाज उडाउने, ८ नयाँ जहाज किन्दै

काठमाडौं, ५ मंसिर । सुगममा मात्र सेवा दिइरहेको निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले अब दुर्गममा समेत सेवा बिस्तार गर्ने भएको छ ।

कम्पनीले आगामी २०२६ सम्म कुल ८ नयाँ जहाजबाट दुर्गममा उडान बिस्तार गर्ने योजना आइतबार सार्वजनिक गरेको हो ।

पछिल्लो समय देशभर आक्रमक रुपमा उडान विस्तार गर्दै आएको बुद्धले सन् २०२३ को सुरुवातसम्म ४ वटा अत्याधुनिक ट्वीनअटर जहाज ल्याउने तयारी गरेको छ ।

ती जहाज ल्याएपछि बुद्धले पूर्वमा मन्थली, पश्चिममा पोखरा र सुदूरपश्चिममा नेपालगञ्जलाई हब बनाएर उडान भर्ने योजना बनाएको हो ।

ती गन्तव्यमा उडान भर्ने नयाँ अत्याधुनिक जहाज हाल निर्माणको क्रममा रहेको एयरलाइन्सले जनाएको छ ।

यसैक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत द्वीअटर विमान निर्माता कम्पनी वाइकिङ एयर लिमिटेडका सेल्स एण्ड मार्केटिङ सिनियर एक्जुकेटिभ भाइस प्रेसिडेन्ट रोब मोराच्रसँग ‘दुवई एयर सो’ मा भेटवार्ता गरेका छन् ।

यसैगरी, कम्पनीले सन् २०२६ सम्म १० वटा जहाज थप्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले सन् २०२३ को सुरुआतसम्म ४ वटा, सन् २०२४ मा दुई वटा जहाज थप्ने छ । त्यस्तै, सन् २०२५ र २०२६ मा क्रमशः २/ २ जहाज थप्ने योजना रहेको एयरलाइन्सले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here