कुन कम्पनीको शेयर कहिलेसम्म किन्दा पाइन्छ लाभांश ?

काठमाडौं, ५ मंसिर । नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम शेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

कतिपय कम्पनीहरुले त प्रस्तावित लाभांश साधारसभाबाट समेत पारित गरिसकेका छन् भने कतिपयले बार्षिक साधारसभाको मिति सहित बुकक्लोजको मिति समेत सार्वजनिक गरिसकेका छन् ।

लाभांश कम्पनीले आर्जन गरेको खुदमुनाफाबाट प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गरी बाँकी रहेको रकमबाट लगानीकर्ताहरूलाई वितरण गरिने प्रतिफल हो ।

यस्तो प्रतिफल कम्पनीको आगामी वर्षको व्यवसायको लागि आवश्यक पुँजी, पुँजीकोषको अवस्था, नगद प्रवाह, नियामकीय व्यवस्था आदिको आधारमा नगद वा सेयर लाभांश हुनसक्छ ।

नेपालको सन्दर्भमा नगद वा शेयर (बोनस शेयर) लाभांश प्रतिफलसँगै शेयरधनीहरूको समूहगत स्वार्थ, न्यूनतम पुँजीकोष र चुक्ता पुँजीसँग समेत जोडिएको हुँदा थप जटिल हुनुको साथै बजारमूल्यमा छिटो प्रभाव पर्ने गरेको छ ।

लाभांश घोषणा गर्नेमध्ये डिप्रोक्स, साधना, आशा, स्वरोजगार, लक्ष्मी, आरएसडीसी र एनआइसी एशिया लघुवित्तले साधरण सभा डाकी बुकक्लोज समेत गरिसकेका छन् ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एघारौँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुनेमा भर्चुअल माध्यमबाट आयोजना हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गरेको छ ।

त्यसैले, कात्तिक २२ गतेसम्म कायम शेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।

त्यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंक अफ काठमाण्डू लिमिटेडको सत्ताइसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।

मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौँथो वार्षिक साधारण सभा मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसोर्ट, काभ्रेमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १६ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।

त्यसैले, मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आईएमई बैंक लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । bमंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा मंसिर १९ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरू हुनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, मंसिर ९ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को तेस्रो बार्षिक साधारणसभा मंसिर २९ गते काठमांडौको अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा अनलाईन माध्यामबाट बिहान ९ बजेबाट गर्ने निर्णय गरेको हो ।

कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि मंसिर ९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

त्यस्तै एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले भने चोथौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

आइतवार बिहान ९ बजे धरान ब्याक्वेटं एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि सुनसरीमा सभा सम्पन्न भएको हो । । सभाले ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै सभाले संस्थापक र सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने छ जना सञ्चालकहरुलाई निर्वाचित गरेको छ ।

संस्थापक समूहबाट कपिल ढकाल,प्रकाश बराल,बिभोर कुमार अग्रवाल र दिपेश खेतान अग्रावल निर्वाचित भएका हुन । त्यसैगरी सर्वसाधारण समूहबाट सुवर्ण पौडेल र शशांक अग्रवाल निर्वाचित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here