अर्थतन्त्रमा मूल्यवृद्धिको चाप, मुद्रास्फीति नियन्त्रण चुनौती बन्ने संकेत

काठमाडौं, ५ मंसिर । कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य र अर्कोतर्फ पुँजीगतको लागत बढेसँगै उत्पादन लागत बढ्दा कोभिडपछि तग्रिँदै गरेको अर्थतन्त्रमा मूल्यवृद्धिको चाप पर्ने देखिएको हो ।

नेपालमा प्रत्यक्ष प्रभाव पर्ने भारतमा उच्च मूल्यवृद्धि भइरहेकाले अगामी दिने राष्ट्र बैंकलाई मुद्रास्फीति नियन्त्रण पनि चुनौती बन्ने देखिन्छ ।

लक्ष्यभन्दा धेरै माथि कर्जा विस्तार भएकाले राष्ट्र बैंकले बैंकहरूमा लगानीयोग्य पुँजीलाई सहज गर्न कुनै औजार प्रयोग गर्न सम्भावना तत्काल अवस्थामा देखिँदैन ।

त्यसैले मौद्रिक नीतिको समीक्षा मार्फत लगानीयोग्य स्रोत अभावको समाधानका लागि बैंकहरूले राष्ट्र बैंकले तोकेको प्राथमिकताप्राप्त क्षेत्रमा गरेको कर्जा लगानीलाई सीडी गणनामा केही लचकता अपनाउने तयारी छ ।

सीडी रेसियोको बाध्यकारी व्यवस्थाकै कारण अहिले बजारमा तरलताको अभाव भएको र बैंकहरूले लगानी गर्न नसक्ने अवस्थामा पुगेको बताइरहेका छन् ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मुख्य रुपमा लिइएको छ। मौद्रिक नीतिमा गरिएको सेयर धितो कर्जाको ४–१२ को क्याप परिमार्जन हुन अपेक्षामा लगानीकर्ताहरु छन्। यी दुवै कुराले शेयर बजारलाई प्रभाव पारिरहेको विश्लेषकहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here