सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ मंसिर । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सोमवार सुनको भाउ २ सय रुपैयाँ र चाँदीको १० रुपैयाँ वृद्धि भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ ।

आइतबार भने सुनको मूल्य सात सयले घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढ्दै १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here