एक महिनामा घट्यो ४३ अर्ब निक्षेप, तरलता अभाव झेलिरहेका बैंकहरु झनै समस्यामा

काठमाडौं, ७ मंसिर । पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ ।

तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार कात्तिक महिना र मंसिरको पहिलो सातामा गरी बाणिज्य बैंकहरुबाट करिब ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

असोज मसान्तसम्म कुल ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मंसिरको पहिलो सातासम्म ४२ खर्ब २६ अर्बमा सीमित भएको छ ।

सोही अवधिमा कर्जा रु ३६ अर्बले बढेको छ । सङ्घका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप ७ अर्बले घट्दा कर्जा लगानी ७ अर्बले बढेको छ ।

गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो ।

असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here