प्रदेश २ मा कृषि कर्जा ५२ प्रतिशत बढ्यो, फलफूल र माछा उत्पादनमा वृद्धि

फाइलफोटो

काठमाडौं, ७ मंसिर । प्रदेश नम्बर २ मा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा कृषि क्षेत्रमा आक्रामक देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा.४४ अर्ब २८ करोड प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा ५१.९३ प्रतिशतले बढी हो ।

गतवर्ष यस्तो कर्जा रु.२९ अर्ब १४ करोड रहेको थियो । कृषि क्षेत्रमा प्रवाहित कर्जामा सबैभन्दा बढी पर्सा जिल्लामा २०.०८ प्रतिशत रहेको छ भने सबैभन्दा कम सप्तरी जिल्लामा ७.७० प्रतिशत रहेको छ ।

समीक्षा वर्षमा फलफूल तथा मसलाको उत्पादन १४.५१ प्रतिशतले वृद्धि भई ५ लाख ९ हजार १ सय ८६ मेट्रिक टन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन २१.१७ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा फलफूलको उत्पादन मध्ये आँप उत्पादन २६.७० प्रतिशत र केरा उत्पादन ६.४१ प्रतिशतले वृद्धि भएको छ ।

अन्य फलफूल उत्पादन २.२३ प्रतिशत र मसला उत्पादन ९.४५ प्रतिशतले कमी आएको छ । गत वर्षको तुलनामा आँपले ढाकेको क्षेत्रफलमा वृद्धि हुनुको साथैअनुकुल वातावरण ( चैत, बैशाखमा हावा हुरी नआउनु) को कारण आँपको उत्पादनमा वृद्धि हुन गएको हो ।

समीक्षा वर्षमा दूधको उत्पादन २.८८ प्रतिशत, मासुको उत्पादन ५.३३ प्रतिशत, अण्डाकोउत्पादन १.९३ र छालाको उत्पादन २.७७ प्रतिशतले वृद्धि भएको छ ।

ऊनको उत्पादनमा १.४२ प्रतिशतले ह्रास आएकोछ । गत वर्षको सोही अवधिमा दूधकोउत्पादन ३.७३ प्रतिशत, मासुको उत्पादन २५.२९ प्रतिशत, अण्डाको उत्पादन ८.२४ प्रतिशत वृद्धि भएको थियो ।

ऊनको उत्पादनमा ४७.३४ प्रतिशतले ह्रास आएको थियो । पशुपंक्षी उत्पादनको जिल्लागत हिस्सा तालिका २.३ मा दिइएको छ ।

समीक्षा वर्षमा माछाको उत्पादन ४.१७ प्रतिशतले वृद्धि भई ३७ हजार ६ सय ३७ मे. टन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो उत्पादन १०.८४ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा बारा जिल्लामा सबैभन्दा बढी २१.२६ प्रतिशत माछा उत्पादन भएको छ भने सबैभन्दा कम सिराहा जिल्लामा ७.१६ प्रतिशत उत्पादन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here