इसेवाबाट एनआइबीएल सहभागिता फण्डको इकाई खरिद गर्न सकिने

काठमाडौं ७ मंसिर । एनआइबीएल सहभागिता फण्डको इकाईहरू इसेवाबाट खरिद गर्न सकिने भएको छ ।

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर राखी मंसिर ६ गतेदेखि इसेवाको माध्यमबाट पनि एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको हो ।

यसअघि एनआइबीएल सहभागिता फण्डका लगानीकर्ताहरुलाई कनेक्ट आइपिएस,खल्ती नेपाल इभेष्टमेन्ट बैंक र इ-बैकिङबाट मात्रै यो सेवा प्रदान गरिरहेको थियो ।

योजना व्यवस्थापक प्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेडले लगानीकर्ताहरुलाई बिना झन्झट खुलामुखी योजानामा लगानी गर्न सहज वातावरण बनाउन निरन्तर प्रयासरत रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here