काठमाडौं, ७ मंसिर । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३२.२९ अंकले घटेर २७३३. १४ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२४ कम्पनीको ४ अर्ब १६ करोड ५८ लाख ९६हजार ५७७ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३३६ कित्ता शेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ समूह मध्ये १२ वटाको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्स र हाइड्रोका लगानीकर्ता रहेका छन् ।
बैंकिङ समूहको शेयर १५अङ्कले, विकास बैंकको एक सय १९, होटलको ९३, फाइनान्सको ८८, माइक्रोफाइनान्सको ५६ र जलविद्युत् समूहको शेयर ७५ ले घटेको छ ।
यस्तै उत्पादन समूहको शेयर एक सय १ अङ्कले, जीवन बीमा समूहको १८९ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय १ घटेको छ । र अन्य समूहको शेयर १९ अङ्कले बढेको छ ।
मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै, आज आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा गिरावट आएको छ ।
आज यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ ।