विदेशी मुद्रा सटहीको निर्देशन संशोधन, नेपाली सेनालाई विना शर्त विनिमय सुविधा

काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको निर्देशन संशोधन गरेको छ ।

राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विना शर्त विनिमय सुविधा प्रदान गर्न निर्देशन दिएको छ ।

नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विदेशी मुद्राको आवश्यक पर्दा सो को लागि राष्ट्र बैंकले विशेष व्यवस्था गरेको हो।

नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरण/ प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा शर्त १ देखि ११ सम्मका व्यवस्थाहरु लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार नेपाल सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने/नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन कुनै बाधा नपर्ने परिपत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here