कक्षा-११ को रजिष्ट्रेसन फाराम र १२ को परीक्षा आवेदन फारम खुल्यो

काठमाडौं, ७ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेसनकक्षा १२ को परीक्षा आवेदन फारम खुला गरेको छ। ।

बोर्डले शैक्षिकसत्र २०७८र७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिष्ट्रेसन फाराम खुलाएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम पनि खुला गरेको जनाएको छ ।

बोर्डले आउँदो पुस २१ गतेसम्म ४०० रुपैयाँ फाराम शुल्क, एसईई ग्रेडसिटको प्रतिलिपिसहित फाराम बुझाउने मिति तोकेको छ ।

तोकिएको समयमा फाराम नबुझाए पुस मसान्तसम्म दोब्बर शुल्क तिरेर फाराम भर्न सकिने जनाएको छ ।

विद्यालयहरूले माघ ७ गतेभित्रमा रजिष्ट्रेसन फाराम बोर्डको कार्यालयमा बुझाइसक्नुपर्नेछ ।

कक्षा १२ को परीक्षा फारम आगामी माघ २१ गतेसम्म भरेर फागुन ७ गतेभित्र बोर्डको सम्बन्धित कार्यालयमा बुझाइसक्न विद्यालयलाई सूचित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here