नेपालको वायुसेवालाई कालो सूचीबाट हटाउन ईयूसँग पर्यटनमन्त्रीको आग्रह

काठमाडौं, ७ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली वायुसेवा कम्पनीलाई ‘कालो सूची’बाट हटाउन युरोपियन युनियन (ईयू) लाई आग्रह गरेका छन् ।

युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले उक्त आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रहपछि निर्देशक पाम्पोलोनीले नेपाल वायुसेवालाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताएको मन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्री, हवाइ सुरक्षा बिभागका निर्देशक राजु श्रेष्ठ, मन्त्रालयका सह सचिव टोकराज पाण्डेय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधीको सहभागिता रहेको थियो ।

नेपाल–संघकाे संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उनीहरू काठमाडौँमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here