सामलिङ र न्यादीको शेयर बिहीवारदेखि कारोबारमा आउने, ओपनिङ रेञ्ज कति ?

काठमाडौं, ८ मंसिर । सामलिङ र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बुधवार सामलिङ पावरको ५० लाख कित्ता शेयर र न्यादीको १ करोड ५० लाख कित्ता शेयर सूचीकृत भएको हो ।

न्यादीलाई नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४.१३ रुपैयाँ देखि २८२.३९ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको NYADI सिम्बलबाट कारोबार हुनेछ ।

त्यस्तै सामलिङलाई नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८.७७ रुपैयाँ देखि २९६.३१ रुपियाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ । कम्पनीको SPC सिम्बलबाट कारोबार हुने छ ।

भोलि प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी दुवै कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here