झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको आर्कषण नेपाल टेलिकमको शेयरमा

काठमाडौं, ८ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से १.८२ अंकले बढेर २७३४.९४ विन्दुमा कायम भएको छ ।

यसदिन २२७ कम्पनीको ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँ बराबरको कारोबार भएको छ । ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ३ समूहको परिसूचक ओरालो लागेका छन् ।

बैंकिङ उपसमूह ७, जीवन बीमा ६१ र ब्यापार ३८ अंकले घटेको छ ।

तीबाहेकका सबै उपसमूह बढेका छन् । विकास बैंक ४२, फाइनान्स ३५, होटल तथा पर्यटन २, जलविद्युत २३, उत्पादन २६, निर्जीवन बीमा ३६, अन्य ५ र माइक्रोफाइनान्स उपसमूह ३ अंकले बढेका छन् ।

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज गोर्खाज फाइनान्स, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा गिरावट आएको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज २६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here