१२ अंकले घट्यो नेप्से, ६४ करोडको कारोबार

काठमाडौं, १५ असार । आइतवार नेप्से परिसूचक १२.२७ अंकले घटेर १ हजार २ सय ४४.८९ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९८ प्रतिशत कम हो ।

कारोबारमा आएका सबै उपसमुहको परिसूचक घटेका कारण सम्पुर्ण नेप्से परिसूचक नै घटेको हो ।

आइतवार सबैभन्दा धेरै उत्पादन क्षेत्रको परिसूचक घटेको छ । उत्पादन क्षेत्रको परिसूचक १.३५ प्रतिशत घट्यो ।

त्यस्तै, र्निजीवन विमाको १.१९, विद्युतको १.१ , बैकिङ्ग क्षेत्रमा १.०५ प्रतिशतले परिसूचक घटे । अन्य उपसमुहको भने सामान्य अंकले घटेको छ ।

आइतवार ७ हजार २ सय १ कारोबारबाट १ यस ७२ कम्पनीको २३ लाख ६१ हजार ५ सय कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ६४ करोड ५० लाख ९९ हजार रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here