गुण एयरलाइन्सको पोखरा-भरतपुर नियमित उडान शुरु

काठमाडौं, ८ मंसिर । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरा-भरतपुर नियमित उडान शुरु गरेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शुरु गरेको हो । उडानको पहिलो दिनमै यात्रुहरुबाट साथ पाएकाले थप हौसला मिलेको एयरलाइन्सले बताएको छ।

गुणले भोलिदेखि पोखरा-भैरहवा र शुक्रबारदेखि पोखरा-नेपालगन्ज अन्तर प्रदेश उडान समेत दैनिक रुपमा भर्ने भएको छ। यसबाट आन्तरिक पर्यटन प्रबर्द्धनलाई ठूलो मद्दत पुग्ने कम्पनीको विश्वास छ।

उडान पोखरा र भरतपुर जोड्ने पुलका रुपमा हुने हुँदा यात्रुलाई सहज पुग्ने अपेक्षा एयरलाइन्सको छ।

यात्रुहरुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा आफुहरु पनि उच्च स्तरको सेवा दिदै उडान गरिरहेको थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here