थप ३३२ जनामा कोरोना पुष्टी, ४ जना संक्रमितको निधन

काठमाडौं, ८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २३३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ११२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here