बिसोन्स इनर्जी ड्रिंक नेपाली बजारमा, २५० एमएलमा उपलब्ध

क्लाउडपत्रिका

काठमाडौं, १२ साउन । मलेसियाको लोकप्रिय इनर्जी ड्रिंक बिसोन्सको नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि आधिकारिक बिक्रेता नियोज नेपाल सप्लायर्सले यसको बिक्री तथा वितरण सुरु गरेको हो ।

‘नेपाली बजारमा हालैका वर्षहरूमा इनर्जी ड्रिंकको माग व्यापक रूपमा बढेर गएको छ । विशेषतः खेलप्रेमी र युवा पुस्ताले विश्वका नाम चलेका इनर्जी ड्रिंकको चाहना गर्ने गरेका छन,’ कम्पनीका कार्यकारी अध्यक्ष विजय राईले बताए । उनका अनुसार युवा पुस्तालाई गुणस्तरीय इनर्जी ड्रिंक उपयुक्त मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित बिसोन्सलाई नेपाली बजारमा ल्याइएको हो ।

विश्वबजारमा ‘बियोन्सः अनलिस द पावर’ नाराका साथ उत्पादन सुरु गरिएको यो इनर्जी ड्रिंक उत्पादक राष्ट्र मलेसियामा बाहेक इन्डोनेसिया, चीन, भियतनाम, क्याम्बोडिया, सिंगापुर र मध्यपूर्वका देशहरु सहित अमेरिकामा निर्यात हुने गरेको छ ।

राईका अनुसार २५० एमएलमा उपलब्ध बिसोन्स, नेपालमा बिक्री वितरण भइरहेका अन्य विदेशी इनर्जी ड्रिंककै मूल्यमा उपलब्ध हुनेछ । यो इनर्जी ड्रिंक देशका प्रमुख सहरहरूमा एकैसाथ उपलब्ध गराउन आरम्भ गरिएको राईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here