झिनो अंकले घट्यो नेप्से, धेरै गुमाउने मानुषी लघुवित्तका लगानीकर्ता

काठमाडौं, ९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन बिहीवार नेप्से ३.२२ अंकले घटेर २७३१.७८ विन्दुमा कायम भएको छ ।

यसदिन २३३ कम्पनीको ३ अर्ब ७८ करोड ७ लाख ९ हजार ३३० रुपैयाँ बराबरको कारोबार भएको छ । ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् । धेरै गुमाउने मानुषी लघुवित्तका लागानीकर्ता रहेका छन् । बैंकिङ उपसमूह ९, होटल तथा पर्यटन २५ र अन्य १९ अंकले बढेको छ ।

तीबाहेकका सबै उपसमूह घटेका छन् । विकास बैंक ७०, फाइनान्स २ जलविद्युत २३, उत्पादन ३१, निर्जीवन बीमा १५६, माइक्रोफाइनान्स उपसमूह ५१ अंकले र जीवन बीमा २३ अंकले घटेको छ ।

मानुषीको शेयर मूल्य ६.९३ प्रतिशतले घटेको छ ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा समृद्धि फाइनान्स कम्पनी र सामलिङ पावर कम्पनी रहेको छ ।

समृद्धि फाइनान्स कम्पनी कम्पनीको शेयरमूल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ता ५६९ रुपैयाँ पुगेको छ भने सामलिङ पावर कम्पनीको शेयरमूल्य ८.१७ प्रतिशतले बढेर प्रतिकित्ता ३२०.५० पुगेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीको भएको छ । टेलिकमको आज २६ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here