थप ३३२ जनामा कोरोना पुष्टी, २९८ जना संक्रमण मुक्त

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ३०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार २८५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २९८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार ३४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here