शत प्रतिशत पुनर्बीमा स्वदेशी कम्पनीमै गर्न निर्देशन

काठमाडौं, १० मंसिर । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई शत प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएको छ ।

बिहीबार इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

क्त निर्देशन अनुसार अब नेपाली पुनर्बीमा कम्पनीहरुले अस्वीकार गरेको खण्डमा मात्रै बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमा गर्न पाउनेछन् ।

हालसम्म नेपालमा सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा २० प्रतिशत अनिवार्य पुनर्बीमा गर्नुपर्ने व्यवस्था छ ।

नीजि क्षेत्रको स्वामित्व रहेको हिमालयन रि सञ्चालनमा आएपछि समितिले यस्तो निर्देशन दिएको हो ।

निर्देशनको ‘क’ मा ‘बीमकले आफुले आर्जन गरेको बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष सिमा सम्बन्धमा हालको व्यवस्था कायम राख्ने’ भनिएको छ ।

यहि निर्देशनको ‘ख’ मा ‘प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमकहरुलाई प्रदान गर्ने’ भनिएको छ । यो भनेको नेपालमा स्वदेशी पुनर्बीमा कम्पनीहरुमा एउटा नेपाल पुनर्बीमा कम्पनी र अर्को हिमालयन रिइन्स्योरेन्स मात्रै छन् ।

समितिको निर्देशन अनुसार पहिलो २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमालाई दिएर बाँकी रहेको ८० प्रतिशत व्यवसाय हिमालयन र नेपाल पुनर्बीमामै दिनु पर्ने हुन्छ । समितिले यस्तो निर्देशन मार्फत बाध्यात्मक रुपमा हिमालयन रिलाई व्यवसाय दिनै पर्ने व्यवस्था गरिदिएको छ ।

हाल नेपालमा सरकारी स्वामित्वको एउटा र निजी क्षेत्रको एउटा गरी दुई वटा पुनर्बीम कम्पनी संचालनमा रहेका छन् ।

सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी क्षेत्रको स्वामित्वको हिमालयन रि सञ्चालनमा छन् । निजी क्षेत्रको हिमालयन रि भने हालै मात्र संचालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here