आयातमा कडाइ, विदेशी ऋण र लगानीमा सहजीकरण

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने गरी मौद्रिक नीति समीक्षा सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत आयातमा कडाइ गरेको हो ।

अब तोकिएका वस्तुहरूको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रूपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, डकुमेन्ट अगेन्ट पेमेन्ट र डकुमेन्ट अगेन्ट असेप्टेन्सको विद्यमान सीमा पुनरवलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले मुद्रा बजारमा देखिएको तरलता समस्या समाधान गर्न विदेशी मुद्रा भित्र्याउन केही नीतिगत सहजीकण गरेको छ भने गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सहजीकरण गर्ने उल्लेख छ ।

‘विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्कलगायत विद्यमान व्यवस्थामा पुनरवलोकन गरिनेछ ।

गैरआवासीय नेपालीहरू तथा गैरआवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरूबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ,’ मौद्रिक नीति समीक्षा गर्दै राष्ट्र बैंकले भनेको छ ।

यस्तै, राष्ट्र बैंकले चाँदी आयतमा पनि कडाइ गरेको छ । ड्राफ्ट/टीटीको माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा प्रदान गर्नपाउने व्यवस्था गरेको छ ।

बैक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने छ ।

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत (पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here