अस्पताल निर्माणका लागि बैंकहरुले आधारदरमा २० करोड ऋण दिनु पर्ने

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले १०० बेडको अस्पताल निर्माण गर्न बैंकहरुले आधारदरमा २० करोड ऋण दिनु पर्ने व्यवस्था गरेको छ ।

आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल स्थापना गर्न बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा अधिकतम २ प्रतिशत विन्दुसम्म प्रिमियम थप गरी रु. २० करोडसम्म कर्जा प्रवाह गर्ने व्यवस्थाको लागि निर्देशन जारी गरिएको मौद्रिक नीति भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here