चार व्यावसायिक क्षेत्रले विदेशबाट ऋण लिन चाहेमा बैंक ग्यारेण्टी पाउने

काठमाडौं, १० मंसिर । नेपाल राष्ट्र बैंकले चार व्यावसायिक क्षेत्रलाई विदेशबाट ऋण लिन बाटो खुला गरेको छ।

आर्थिक वर्ष २०७८/ ७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।

विदेशी ऋण लिने वातावरण खुल्ला गरेका कम्पनीहरुमा व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनी रहेका छन् ।

त्यसमा कोरोना प्रभावित व्यावसायिक क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ।

व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पूर्णपाठ

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, शेयर धितोकर्जाको प्रावधान यथावत (पूर्णपाठ)

आयातमा कडाइ, विदेशी ऋण र लगानीमा सहजीकरण

अस्पताल निर्माणका लागि बैंकहरुले आधारदरमा २० करोड ऋण दिनु पर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here