विदेशिन एक महिनामा २३ हजार दक्ष श्रमिकले लिए श्रम स्वीकृति, १२ जना उच्चदक्ष

photo : Routine of Nepalbanda

काठमाडौं, १० मंसिर । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

श्रम स्वीकृति लिनेमा २३ हजार ४५६ जना दक्ष श्रमिक रहेका छन् । जसमा २१ हजार ५९१ जना पुरुष र १८ सय ६५ जना महिला रहेका छन् । तथ्यांक अनुसार १२ जना उच्च दक्ष र ६८ जना व्यवसायीकले श्रम स्वीकृति लिएका छन् ।

२४ हजार ६९१ पुरुष र २ हजार ३२ जना महिला गरी जम्मा २६ हजार ७२३ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिने अर्धदक्ष श्रमिकको संख्या ४२ सय ७४ जना पुरुष र ३८५ जना महिला गरी ४६ सय ५९ जना रहेको छ ।

नेपाली श्रमिकहरू रोजगारीको खोजीमा विदेशिइरहँदा विदेशी श्रमिक भने रोजगारीका लागि नेपाल आउने गरेका छन् ।

नेपालमा दक्ष श्रमिकको अभाव हुँदा कतिपय रोजगारीका क्षेत्र विदेशी श्रमिकहरूमाथि भर पर्नुपर्ने अवस्था छ।

नेपालमा जलविद्युत्, सडक, पुल, सरकारी तथा निजी भवन निर्माण, स्वास्थ्य, शिक्षा, प्रविधि विकासलगायत विभिन्न अन्य ठूला परियोजनामा विदेशी श्रमिकहरू आउने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here