आइएमई पेमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक हुने

काठमाडौं, १० मंसिर । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘आइएमई पे’ को सेवाग्राही केन्द्रीत योजना सार्वजनिक गरिएको छ ।

सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासब्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली व्यक्त गरेका छन् ।

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासब्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here