नेपालको जनसंख्या ३ करोड आसपासमा रहने प्रक्षेपण

काठमाडौं, १० मंसिर । २५ कात्तिक देखि ९ मंसिरसम्म भएको राष्ट्रिय जनगणना जनगणनाको यकिन तथ्यांक आउन भने करिब २ वर्ष लाग्नेछ ।

राष्ट्रिय जनगणना २०७८ को मुल गणनाबारे जानकारी दिन शुक्रबार केन्द्रीय तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा उक्त जानाकारी दिइएको हो ।

बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठको अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुनेछ । तथ्यांक विभागले गरेको पत्रकार सम्मेलनमा २ करोड ८० लाख देखि ३ करोडबीच जनसंख्या रहने देखिएको जनाएको छ ।

बाल मृत्युदर घटेको र जन्मदर पनि २।१ प्रतिशत रहेकाले देशको समग्र जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडबीचमा रहने देखिएको विभागको आंकलन छ ।

राष्ट्रिय जनगणनामा सहभागी भएका ३ जना गणकको ज्यान गएको विभागले जनाएको छ ।

एक जनाले आत्महत्या गरेका हुन् । कैलाली टिकापुरमा एक जना सुपरीवेक्षकको हृदयघाटका कारण, धादिङ ,रसुवामा एक/एक जना गणकको भीरबाट लडेर मृत्यु भएको विभागले जनाएको छ ।

यसैगरी, चार जना गणकलाई कुकुरले टोकेको र दुई जना गणकको खुट्टा भाँचिएको र केही गणकलाई कोरोना भाइरसको संक्रमणसमेत देखिएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here