थप २७० जनामा कोरोना पुष्टी, ३०२ जना संक्रमण मुक्त

काठमाडौं, १० मंसिर । पछिल्लो २४ घण्टामा देशभर २७० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८२९ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २६१७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ गरी २७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार ५१७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३०२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख १ हजार ७२२ पुगेको छ । संक्रिय संक्रमितको संख्या ७ हजार २८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here