एनआईसी एशिया बैंकले पायाे आइएसओबाट प्रमाणपत्र

काठमाडौं, १० मंसिर । एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आइएसओबाट मान्यता प्राप्त आइएसओ २७००१: २०१३ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम) मापदण्डको प्रमाणपत्र प्राप्त गरेको छ ।

आइएसओ २७००१ मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई क्वालिटी अस्ट्रियासँग आबद्ध सर्टिफिकेसन एण्ड इन्फरमेसन सेक्युरिटी जिएमबिएचले उक्त प्रमाणपत्र प्रदान गरेको हो ।

यस उपलब्धिले बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी संकलन एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको जनाएकाे छ ।

बैंकले मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएकाे छ ।

देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here